Breaking: बालेनद्वारा अन्तरिम सरकारको नेतृत्वमा सुशिला कार्कीलाई समर्थन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई पूर्ण समर्थन जनाएका छन्।

Artha Kendra Artha Kendra
बुधबार, २५ भदौ २०८२, १०:२० PM
फन्ट
Breaking: बालेनद्वारा अन्तरिम सरकारको नेतृत्वमा सुशिला कार्कीलाई समर्थन

२५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई पूर्ण समर्थन जनाएका छन्।

जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका रूपमा प्रस्ताव गरेपछि बालेनले सामाजिक सञ्जालमार्फत आफ्नो समर्थन सार्वजनिक गरेका हुन्। उनले अन्तरिम सरकारको प्रमुख काम नयाँ चुनाव गराउने भएकोले कार्की योग्य उम्मेदवार भएको बताएका छन्।

बालेनले जेनजीहरूको सुझबुझ, विवेक र एकतालाई प्रशंसा गर्दै धैर्यपूर्वक अगाडि बढ्न आग्रह गरेका छन्। साथै, उनले अहिले हतारमा नेतृत्व खोज्नेभन्दा पनि अन्तरिम सरकारमार्फत चुनावी प्रक्रियामा सहभागी हुनुपर्नेमा जोड दिएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.