आज र भोलि शेयर बजार बन्द रहने

काठमाडौं, भदौ २५ — देशमा जारी राजनीतिक अस्थिरता र लगानीकर्ताको मागका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज भदौ २५ र भोलि २६ गते दुई दिनका लागि सम्पूर्ण धितोपत्र कारोबार बन्द गर्ने निर्णय गरेको छ।
नेप्सेले बुधबार जारी गरेको सूचनामा हालको विषम परिस्थिति र कारोबार सदस्य तथा लगानीकर्ताबाट प्राप्त अनुरोधका आधारमा सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) अनुसार दुई दिनका लागि कारोबार स्थगन गरिएको उल्लेख छ।