सामान्य अवस्था नहुँदासम्म सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग

उनीहरूले देशमा शान्ति, स्थायित्व र सामान्य अवस्था पुनःस्थापना नभएसम्म सेयर कारोबार सञ्चालन गर्नु जोखिमपूर्ण हुने तर्क गरेका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ४:२६ PM
फन्ट
सामान्य अवस्था नहुँदासम्म सेयर कारोबार बन्द गर्न लगानीकर्ताको माग

काठमाडौं, भदौ २४ — देशमा जारी राजनीतिक संकट र हिंसात्मक आन्दोलनका कारण लगानीकर्ताहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से) समक्ष सेयर बजार अनिश्चितकालका लागि बन्द गर्न माग गरेका छन्। उनीहरूले देशमा शान्ति, स्थायित्व र सामान्य अवस्था पुनःस्थापना नभएसम्म सेयर कारोबार सञ्चालन गर्नु जोखिमपूर्ण हुने तर्क गरेका छन्।

पछिल्लो समय Gen-Z पुस्ताबाट सुरु भएको भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिँदै गएको छ। आन्दोलनका क्रममा २० भन्दा बढी युवाहरूले ज्यान गुमाएका छन् भने प्रधानमन्त्रीसहित कैयौं मन्त्रीहरूले राजीनामा दिइसकेका छन्। संसद विघटनको सम्भावनाले राजनीतिक अस्थिरता थप गहिरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.