जेनजीबाट घरमै कुटिए देउवा दम्पती (VIDEO)

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घरमै आक्रमणमा परेका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ४:६ PM
फन्ट
जेनजीबाट घरमै कुटिए देउवा दम्पती (VIDEO)

काठमाडौं, भदौ २४ — राजधानीमा चर्किएको जेनजी आन्दोलनले राजनीतिक नेतृत्वमाथि प्रत्यक्ष दबाब सिर्जना गरिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा घरमै आक्रमणमा परेका छन्। आन्दोलनकारीहरूको एक समूहले देउवा निवासमा प्रवेश गरी दम्पतीमाथि कुटपिट गरेको पुष्टि भएको छ।

सिंहदरबार, संसद भवन, पार्टी कार्यालयहरू र प्रहरी प्रभागहरूमा तोडफोड तथा आगजनी भइरहेका बेला देउवा दम्पतीमाथिको आक्रमणले आन्दोलनको स्वरूप थप उग्र बनेको छ। घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरूले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् भने दम्पतीको स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.