हिल्टन होटलमा जेनजीको आगजनी

२४ भदौ, काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन् ।
सोमबारदेखि सुरु भएको आन्दोलन आज पनि काठमाडौंसहित ठूला शहरमा तीव्र बनेको छ ।
प्रदर्शनकारीले नेताहरूको घर, पार्टी र प्रहरी कार्यालयमा आक्रमण गरिरहेका छन् भने मन्त्रीहरूलाई सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको छ ।