डा. तोसिमा कार्कीले गरिन प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने घोषणा

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै भनिन् – “म आधिकारिक रुपमा पत्र बुझाउनेछु, तर आज भाद्र २४ गते ११:५५ बजेदेखि नै यो अपराधी र संवेदनाहीन सरकारको कटपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु। GenZ, I am with you! ✊”