असीम शाहले दिए प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा

२४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्।
जेनजी आन्दोलनमाथि सरकारको दमनको विरोधमा आफूले पद त्यागेको उनले बताएका छन्। शाहले विज्ञप्ति जारी गर्दै “सांसद पदमा बसिरहनु युवाप्रतिको विश्वासघात हुने” बताएका छन्।
उनले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनु अमानवीय कदम भएको भन्दै अब सडकबाटै जेनजी पुस्तासँगै लड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।