युवाहरूको आक्रोशको निशानामा नेताका निवास

मंगलबार, २४ भदौ २०८२, ११:३८ AM
post-image

काठमाडौं, २४ भदौ । जेनजीहरूको आन्दोलन दोस्रो दिन पनि उग्र बनेको छ । कर्फ्यु आदेश जारी हुँदाहुँदै राजधानीसहित विभिन्न स्थानमा प्रदर्शन तीव्र बनेको छ ।

प्रदर्शनकारीहरूले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सूचना–सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, हिजोमात्र गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखक, तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका निवासलाई समेत निशाना बनाएका छन् । प्रचण्डको घरमा आगजनी प्रयास, गुरुङको घरमा तोडफोड तथा आगजनी, खड्काको निवासमा तोडफोड भएको छ भने अन्य नेताका निवास वरिपरि प्रदर्शन चर्किएको छ ।

यस्तै, जनकपुरमा पनि एमाले सचिव रघुवीर महासेठको घरमाथि ढुङ्गामुढा गरिएको छ । नयाँबानेश्वर, कोटेश्वर, कलंकी, नैकापलगायतका स्थानमा समेत प्रदर्शन भइरहेका छन् ।

आन्दोलनकारीले भ्रष्टाचार नियन्त्रण र नेताहरूको जीवनशैली पारदर्शी बनाउनुपर्ने माग राख्दै आइरहेका छन् । सोमबार भएको प्रहरी दमनमा १९ जनाको मृत्यु भएपछि उनीहरू थप आक्रोशित बनेका हुन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}