स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

Artha Kendra Artha Kendra
मंगलबार, २४ भदौ २०८२, ११:१७ AM
फन्ट
स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

काठमाडौं, २४ भदौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन्।

पौडेलले भने, “यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन। राजीनामा दिँदैछु।”

यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्। उनीहरू दुवै मन्त्री कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्। कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.