स्वास्थ्यमन्त्री पौडेलले राजीनामा दिँदै

काठमाडौं, २४ भदौ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। देशको पछिल्लो राजनीतिक घटनाक्रमले सरकारमा बस्ने परिस्थिति नभएको भन्दै उनले राजीनामा दिने बताएका हुन्।
पौडेलले भने, “यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन। राजीनामा दिँदैछु।”
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि राजीनामा दिने घोषणा गरिसकेका छन्। उनीहरू दुवै मन्त्री कांग्रेस नेता शेखर कोइराला निकट मानिन्छन्। कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिइसकेका छन्।