काठमाडौं, २४ भदौ। सरकारले जेनजी आन्दोलनमाथि गरेको दमनपछि देशभर विरोध प्रदर्शन भइरहेको छ। यसबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजिनामा दिने तयारी गरेका छन्। रास्वपाले सरकारको वैधता समाप्त भएको भन्दै प्रधानमन्त्रीलाई तत्काल राजिनामा दिन आग्रह गरेको छ। साथै, पार्टीले जेनजी आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै सिंहदरबारमा भएको विपक्षी बैठक समेत बहिष्कार गरेको छ।