आज सेयरबजार बन्द
काठमाडौं, भदौ २४ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आजका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगित गर्ने निर्णय गरेको छ। काठमाडौं जिल्लाको चक्रपथ क्षेत्रभित्र आज बिहान ८:३० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश लागू भएपछि नेप्सेले यस्तो निर्णय लिएको हो।
गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशनअनुसार जारी गरिएको कर्फ्युका कारण कारोबार सदस्यहरू तथा लगानीकर्ताहरूबाट कारोबार स्थगनको माग बढेको थियो। सोही अनुरूप नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आजको कारोबार स्थगन गरिएको जानकारी दिएको छ।

यस निर्णयको पृष्ठभूमिमा जेन–जी युवाहरूको आन्दोलन रहेको छ। भ्रष्टाचार, बेथिति र नेताहरूको विलासी जीवनशैलीविरुद्ध सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको छ भने ३५० भन्दा बढी घाइते भएका छन्। आन्दोलनको उग्र रूपका कारण संवेदनशील क्षेत्रहरूमा थप कर्फ्यु आदेश जारी गरिएको छ।
सेयर बजारमा यस आन्दोलनको प्रत्यक्ष प्रभाव देखिएको छ। परिसूचकमा उच्च गिरावट आएको छ भने लगानीकर्ताहरूमा अन्योलता बढेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.