देश युवाको रगतमा लतपतिँदा पनि प्रधानमन्त्रीले छोडेनन् सामाजिक सञ्जाल बन्द गर्ने अडान

सोमबार, २३ भदौ २०८२, ९:१८ PM
post-image

काठमाडौं, भदौ २३ — देशभर फैलिएको जेनजी आन्दोलनले हिंसात्मक रूप लिँदै जाँदा युवाको रगत सडकमा बगिरहेको छ। इटहरी, बानेश्वर, दमक लगायतका स्थानमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर दर्जनौं युवाको मृत्यु भइसकेको छ। अस्पतालहरूमा घाइतेको चाप बढ्दो छ, जनजीवन अस्तव्यस्त छ। तर यति गम्भीर परिस्थितिमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल बन्द गर्ने अडान छोडेका छैनन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जाल प्रतिबन्ध तत्काल फुकुवा गर्न आग्रह गरेका थिए। उनले भने, “जनताले के भनिरहेका छन्, ध्यान दिनुपर्छ। सार्वजनिक सरोकारको विषयमा सरकार चुप लागेर बस्न मिल्दैन।” तर प्रधानमन्त्री ओलीले त्यसको प्रतिवाद गर्दै भने, “दर्ता नआउने कम्पनीलाई खुलमखुला काम गर्न दिने? हामी उनीहरूसँग झुक्ने?”

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}