गृहमन्त्रीको राजीनामा माग गर्दै कांग्रेस नेताहरूको दबाब, सरकार छोड्न आह्वान
२३ भदौ, काठमाडौं — जेनजी आन्दोलनमा भएको प्रहरी दमनबाट १८ जनाको मृत्यु भएपछि नेपाली कांग्रेसभित्र सरकार छोड्नुपर्ने माग तीव्र बनेको छ। पार्टीका नेताहरूले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गर्दै सरकारको जिम्मेवारीबाट कांग्रेसलाई फिर्ता बोलाउन आह्वान गरेका छन्।
केन्द्रीय सदस्य तथा योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. गोविन्द पोखरेलले सामाजिक सञ्जालमार्फत गृहमन्त्री लेखकले युवाको मृत्युको जिम्मा लिनुपर्ने भन्दै राजीनामा माग गरेका छन्। उनले लेखेका छन्, “गृहमन्त्रीले तुरुन्तै राजीनामा दिनुपर्छ, नदिए पार्टीले फिर्ता बोलाउनु पर्छ।”
नेविसंघकी पूर्व नेतृ एलिजा ढकालले प्रधानमन्त्री ओलीलाई तानाशाहीको संज्ञा दिँदै लेखकलाई “नालायक गृहमन्त्री” भनेकी छन्। उनले कांग्रेसले “रगतको धब्बा लागेको सरकार” बाट तुरुन्तै बाहिरिनुपर्ने माग राखेकी छन्।
नेता व्रितान्त खनालले पनि सरकारबाट कांग्रेस फिर्ता हुनुपर्ने माग गर्दै चेतावनी दिएका छन्, “अझै हेरेर बस्ने भए, हामी कांग्रेसमा आन्दोलन घोषणा गर्छौं।”
नेविसंघका नेता धर्मराज शाहीले वर्तमान सरकारलाई “अपराधी” को संज्ञा दिँदै आन्दोलनमा पूर्ण ऐक्यबद्धता जनाएका छन्। उनका अनुसार, “हाम्रा बच्चालाई यसरी मार्ने अपराधीलाई कुनै हालतमा माफी दिन सकिँदैन।”
जेनजी आन्दोलनको पृष्ठभूमिमा कांग्रेसभित्रको आन्तरिक दबाबले सरकारको स्थायित्वमा प्रश्न उठाएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.