जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १३ पुग्यो
२३ भदौ, काठमाडौं — सामाजिक सञ्जाल बन्दविरुद्ध काठमाडौंको नयाँ बानेश्वरमा जारी जेनजी आन्दोलन हिंसात्मक बन्दै गएको छ। सोमबारको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर हालसम्म १३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार दिउँसो साढे ३ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा १३ जनाको मृत्यु पुष्टि भएको हो। ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा २, काठमाडौं मेडिकल कलेजमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ।
प्रदर्शनका क्रममा दर्जनौं घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ। जेनजी समूहले सरकारको डिजिटल नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता हनन र सत्ताको मनोमानीविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेका हुन्। आन्दोलनको समन्वय डिस्कर्ड र रेडिटजस्ता माध्यममार्फत गरिएको थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.