उच्चतम मूल्यबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदी पनि घट्यो

नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य सोमबार (भदौ २३) भने ओरालो लागेको छ।

Artha Kendra Artha Kendra
सोमबार, २३ भदौ २०८२, ११:४३ AM
फन्ट
उच्चतम मूल्यबाट ओरालो लाग्यो सुनको मूल्य, चाँदी पनि घट्यो

काठमाडौं, २३ भदौ। नेपाली बजारमा लगातार उकालो लागेको सुनको मूल्य सोमबार (भदौ २३) भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर २ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो, जुन हालसम्मकै उच्चतम मूल्य हो।

सुनसँगै चाँदीको मूल्य पनि आज घटेको छ। प्रतितोला २५ रुपैयाँले घटेर २ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँमा पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य थियो।

गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँ र चाँदी २ हजार ४९० रुपैयाँ थियो। त्यसपछि आइतबार दुवै धातुको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको भए पनि आज भने सानो गिरावट आएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.