२५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले आइतबार (भदौ २१ गते) बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। पछिल्लो समय बजारमा देखिएको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर नियन्त्रणका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत रकम झिक्न लागेको हो।
केन्द्रीय बैंकले यस पटक २१ दिन अवधिका लागि निक्षेप संकलन गर्नेछ। बोलकबोल प्रणालीमार्फत सञ्चालन हुने यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन सक्नेछन्। इच्छुक संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
अनलाइन खरिद प्रणालीमार्फत दिउँसो ३ बजेदेखि बोलकबोल खुला हुने राष्ट्र बैंकले जनाएको छ। आवेदन परेपछि सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकताका आधारमा रकम बाँडफाँट गरिनेछ। यस निक्षेपको साँवा तथा ब्याज आगामी २०८२ असोज १२ गते भुक्तानी हुने पनि स्पष्ट गरिएको छ।
राष्ट्र बैंकले हालै तरलता व्यवस्थापनका लागि आइतबार र बुधबार नियमितरुपमा निक्षेप संकलन गर्दै आएको छ। केन्द्रिय बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार आवश्यकताअनुसार अधिकतम ६ महिने अवधिको निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.