१ करोड रुपैयाँको लगानीमा बागलुङमा खुल्यो साबुन उद्योग
काठमाडौं, २२ भदौ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका तीर्थ गौतम र तारा शर्माले करिब एक करोड रुपैयाँ लगानीमा साबुन उद्योग सञ्चालनमा ल्याएका छन्। दुवै स्नाकोत्तर उत्तीर्ण तीर्थ र ताराले दुई वर्षअघि सुरु गरेको टी एण्ड टी म्यानुफ्याक्चरिङ उद्योगबाट अहिले कालिका ब्रान्डको कपडा र भाँडा धुने साबुन उत्पादन हुँदै आएको छ।
समकालीन साथीहरू विदेशिने क्रममा उनीहरूलाई पनि त्यही बाटो रोज्न सुझाव दिनेहरू थिए। तर उनीहरूले स्वदेशमै स्वरोजगार सिर्जना गर्ने सपना देखे। हाल उनीहरू दुई वर्षको छोरासँगै उद्योगलाई हुर्काइरहेका छन्। उद्योगमा हाल ६ जनाले रोजगारी पाएका छन्।
२०७८ सालमा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा दर्ता भएको यो उद्योगले २०८० सालबाट साबुन बिक्री सुरु गरेको हो। ५० लाख लगानीमा सुरु भएको व्यवसाय अहिले एक करोडभन्दा माथि पुगेको छ। बागलुङ, म्याग्दी र पर्वतका मुख्य बजारमा साबुन बिक्री हुँदै आएको छ।
निकट भविष्यमै सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने योजना रहेको छ। वार्षिक करिब ५० लाख रुपैयाँको कारोबार गर्ने उद्योगले २०० ग्रामको साबुनलाई रु. ५० मा बिक्री गर्दै आएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.