भारतप्रति नरम हुँदै अमेरिका : मोदीलाई ट्रम्पले भने– असल साथी र महान प्रधानमन्त्री

आइतबार, २२ भदौ २०८२, ९:४१ AM
post-image

काठमाडौं, २२ भदौ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीचको सम्बन्ध धेरै विशेष रहेको बताएका छन्। 

ट्रम्पले आफू र प्रधानमन्त्री नरेन्द्र मोदी सधैँ साथी रहने र चिन्ता गर्नुपर्ने कुनै कुरा नभएको बताएका हुन्।  उनले मोदीलाई महान प्रधानमन्त्री पनि भनेका छन्। 
 
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले ट्रम्पको भनाइको प्रशंसा गरेका छन्। उनले राष्ट्रपति ट्रम्पको भावनाको पूर्ण हृदयले कदर गर्ने र पूर्ण समर्थन गर्ने बताए।
 
ʻम राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धबारे ट्रम्पको सकारात्मक विचारको कदर गर्छु। भारत र संयुक्त राज्य अमेरिकाबीच धेरै सकारात्मक र अग्रगामी व्यापक र विश्वव्यापी रणनीतिक साझेदारी छ,ʼ उनले सामाजिक सञ्जाल एक्समा भने।
 
यसअघि ट्रम्पले आफूहरुले भारत र रुसलाई चीनको हातमा दिएको पनि उल्लेख गरेका थिए।
 
ट्रम्पको टिप्पणीमाथि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने,ʻयसमा मेरो केही भन्नु छैन।ʼ 
 
ट्रम्पले भारतमाथि ५० प्रतिशत भन्सार कर लगाएपछि भारत चीनसँग नजिक भएको थियो।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}