सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै रास्वपाले मेटा र युट्युबलाई पठायो इमेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ।

Artha Kendra Artha Kendra
शुक्रबार, २० भदौ २०८२, ६:२२ PM
फन्ट
सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै रास्वपाले मेटा र युट्युबलाई पठायो इमेल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जाल कम्पनी सूचीकरणबारे जिज्ञासा राख्दै मेटा र युट्युबलाई पत्र पठाएको छ। 
 
सहमहामन्त्री विपिन आचार्यद्वारा हस्ताक्षरित पत्रमार्फत नेपाल सरकार र सामाजिक सञ्जाल कम्पनीबिच दर्ता तथा सूचीकरणको विषयमा औपचारिक संवाद सुरु गर्न पहल गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए।
 
रास्वपाले मेटासँग नेपालमा फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप दर्ता प्रक्रियामा देखिएका कानुनी चुनौतीबारे जानकारी मागेको छ। यससँगै गुगलसँग समेत युट्युबसम्बन्धी स्पष्टता मागिएको पार्टीले जनाएको छ।
 
यस्तै, सरकारले नेपालमा सूचीकरण नभएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिनुपर्ने माग रास्वपाले गरेको छ।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.