०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन्।

Artha Kendra Artha Kendra
शुक्रबार, २० भदौ २०८२, २:५६ PM
फन्ट
०८४ मा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन, धाँधली हुन दिँदैनौं : प्रधानमन्त्री ओली
काठमाडौं, २० भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन्।
 
शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
 
उनले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि ठोकुवा गरे।
 
‘०८४ मा हामीले एकल बहुमत ल्याउनुपर्छ। कम्तीमा एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौं भने, हाम्रा सदस्य र समर्थक परिचालन गरेर गयौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन। हामी बहुमत ल्याउन सक्छौं,’ ओलीले भने।
 
उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताए। ‘हामी सरकारमा छौं। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं। निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री समेत रहेका ओलीले भने।
 
उनले यस्ता परिस्थितिलाई ध्यानमा राखेर अघि बढ्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे।
यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.