एभरेष्ट बैंकको लाभांश घोषणा

बैंकको आज भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

Artha Kendra Artha Kendra
बिहिबार, १९ भदौ २०८२, ७:२० PM
फन्ट
एभरेष्ट बैंकको लाभांश घोषणा

एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको आज भदौ १९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १४ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.