बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १९ भदौ २०८२, ८:५८ AM
फन्ट
बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भर्ने आज भदौ १९ गते अन्तिम दिन रहेको छ। कम्पनीले भदौ १६ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणलाई १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको छ। आवेदन दिदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। आईपीओ बिक्रीको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।कम्पनीले यस अघि नै आयोजना प्रभवित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफांड गरिसकेको छ।

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो।

Bungal Hydro IPO Application Details

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.