सुनको मूल्यले फेरि तोड्यो कीर्तिमान, चाँदीमा सामान्य गिरावट

बुधबार, १८ भदौ २०८२, १०:५३ AM
post-image

काठमाडौं, भदौ १८ —नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ उचाइ छोइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भई २ लाख ७ हजार ९ सय रुपैयाँमा पुगेको छ। मंगलबारको तुलनामा यो मूल्य वृद्धि हो, जब सुन तोलाको २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यो मूल्य हालसम्मकै उच्च दर हो, जसले दैनिक रूपमा नयाँ कीर्तिमान बनाउँदै गएको देखिन्छ।

चाँदीको मूल्य भने आज सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार बुधबार चाँदी तोलामा ५ रुपैयाँले घटेर २४८० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको २४८५ रुपैयाँको तुलनामा कम हो।

Click here for more

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}