सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार प्रतितोला २ लाख ५ हजार ९०० पुग्यो

नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो लागिरहेको छ।

Artha Kendra Artha Kendra
मंगलबार, १७ भदौ २०८२, ११:१८ AM
फन्ट
सुनको मूल्य हालसम्मकै उच्च, मंगलबार प्रतितोला २ लाख ५ हजार ९०० पुग्यो

काठमाडौं, १७  भदौं ।। नेपाली बजारमा सुनको मूल्य लगातार नयाँ कीर्तिमान बनाउँदै उकालो लागिरहेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार पनि सुनचाँदी दुबैको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ५ हजार ९०० रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३०० रुपैयाँ थियो। हालको मूल्य नै अहिलेसम्मकै उच्च मानिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि निरन्तर बढ्दै गएको छ। मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँ मा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.