सुनचाँदीको मूल्यमा निरन्तर उछाल, सोमबार फेरि नयाँ रेकर्ड

सोमबार, १६ भदौ २०८२, ११:५३ AM
post-image

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । आइतबार प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन सोमबार फेरि १ हजार ७०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य २ लाख ५ हजार ३०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला २ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४५ रुपैयाँले बढेर २ हजार ४७० रुपैयाँमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य मजबुत देखिएको छ । सोमबार सुन प्रतिऔंस करिब अमेरिकी डलर ३ हजार ४८० को हाराहारीमा कारोबार भइरहेको छ ।

निरन्तरको वृद्धिसँगै नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य दैनिकजसो नयाँ रेकर्ड बनाउँदै गएको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}