घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, भदौ १५ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ । इण्डियन आयल कर्पोरेशनले मूल्य परिमार्जन गरेर पठाएपछि निगमले नयाँ खुद्रा मूल्य लागू गरेको हो, जसअनुसार सोमबारदेखि नयाँ मूल्य कार्यान्वयन हुनेछ।
निगमका अनुसार डिजेल र मट्टीतेलमा प्रति लिटर रु. ४ ले मूल्य घटाइएको छ । यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. १ र अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ७ अमेरिकी डलरले सस्तो भएको छ ।
यद्यपि पेट्रोलको मूल्य घटेर आए पनि खुद्रा बिक्री मूल्य यथावत राखिएको छ । सोहीसँगै, एलपी ग्यासको खुद्रा बिक्री मूल्य पनि परिवर्तन नगरिएको निगमले स्पष्ट पारेको छ ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.