रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

आइतबार, १५ भदौ २०८२, ७:३५ PM
post-image

काठमाडौं, १५ भदौं ।  आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट वरिष्ठ न्युरोलोजिस्ट तथा सामाजिक अभियन्ता डा. लेखजंग थापा उम्मेदवार बनेका छन्।

रास्वपाले १२ भदौमा गरेको प्राइमरी इलेक्सनमार्फत ९ आकांक्षीमध्ये थापाले सबैभन्दा बढी भोट पाएर उम्मेदवारका रूपमा चयन भएका हुन्। अन्य आकांक्षीमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका थिए।

सिद्धार्थनगर–९ अञ्चलपुरमा जन्मिएका डा. थापा न्युरो–साइन्स क्षेत्रमा १६ वर्षभन्दा बढी समय सक्रिय रहँदै आएका छन्। उनले एमबीबीएसदेखि डीएम न्युरोलोजीसम्मको अध्ययन नेपालमै सम्पन्न गरेका छन् भने हार्वर्ड विश्वविद्यालयबाट पनि ग्राजुएट छन्। नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका थापाले स्ट्रोक उपचार र सचेतनामा महत्वपूर्ण योगदान दिएका छन्।

राजनीतिमा प्रवेशसँगै उनले सुशासन, सामाजिक न्याय, विकास र समृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताएका छन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}