रास्वपा सचिवालय बैठक बस्दै, रूपन्देही–३ को उम्मेदवार चयन हुन सक्ने

आइतबार, १५ भदौ २०८२, १२:१७ PM
post-image

काठमाडौं, १५ भदौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ । 

पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्नेछ ।

बैठक दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुनेछ ।

बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम पनि हुन सक्ने जनाइएको  छ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}