Q4 रिपोर्ट विश्लेषण, मेन्छियाम हाइड्रोको आर्थिक अवस्था निकै कमजोर

आइतबार, १५ भदौ २०८२, ११:६ AM
post-image

मेन्छियाम हाइड्रोपावर कम्पनी लिमिटेड (Menchhiyam Hydropower Company Limited – MCHL) ले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक (Fourth Quarter) प्रतिवेदन सार्वजनिक गरेको छ। प्रकाशित विवरणले कम्पनीको वित्तीय अवस्था निकै कमजोर रहेको देखाउँछ।

घाटा र रिजर्भमा ठूलो गिरावट
कम्पनीको ऋणात्मक रिजर्भ र सरप्लस (Reserve & Surplus) गत वर्षको तुलनामा १८५ % ले बढेको छ।

  • गत वर्ष चौथो त्रैमासमा करिब १६ करोड रुपैयाँ ऋणात्मक थियो।
  • यस वर्ष बढेर झण्डै ४६ करोड रुपैयाँ ऋणात्मक पुगेको छ।

कम्पनिले अघिलो २०८०/८१ को चौथो त्रैमासिक (Q4) रिपोर्टमा बिजुली  बाट आम्न्दानी गरेको देखिदैन् तर केहि कारणवस बीमाबाट प्राप्त दाबी रकम करिब १६ करोड रुपैया आएको देखिन्छ तर यस भन्दा ठ्याकै १ त्रैमासिक रिपोर्ट आगाडी जम्मा ३ लाख बिजुली बाट बेचेको आम्दानि रहेको थियो भने यसपाली ३ करोड ३८ लाख बिद्युत बेचेर आम्दानि गरेको देखिन्छ।  
 
 तर

  • गत वर्ष चौथो त्रैमासमा करिब २ करोड १६ लाख  रुपैयाँ  खुद घाटा (Net Loss) थियो।
  • यस वर्ष बढेर १७ करोड ९४ लाख  रुपैयाँभन्दा बढी खुद घाटा (Net Loss) पुगेको छ।

ऋणमा बढ्दो निर्भरता

कम्पनीको ऋण-पूँजी अनुपात (Debt-to-Equity Ratio) पनि निकै बिग्रिएको छ।

  • गत वर्ष अनुपात २ गुणा मात्र थियो।
  • यस वर्ष बढेर ११ गुणा पुगेको छ।

यसले देखाउँछ कि कम्पनी अत्यधिक ऋणमा निर्भर (Dependent on Loan) छ, जसले भविष्यमा भुक्तानी (Payment) र नगद प्रवाह (Liquidity) मा जोखिम बढाउँछ।

शेयर मूल्यमा असर

कम्पनीको प्रति शेयर खुद मूल्य (Net Worth per Share) गत वर्षको ७० रुपैयाँ बाट घटेर अहिले १५  रुपैयाँ मात्र भएको छ।
त्यस्तै, कम्पनीको प्रति शेयर आम्दानी (Earnings Per Share – EPS) पनि नकारात्मक -३३ रुपैयाँ पुगेको छ।

समग्रमा हेर्दा, मेन्छियम हाइड्रोपावर अहिले गम्भीर समस्यामा छ। घाटा बढ्दै गएको, आम्दानी घट्दै गएको, ऋण बढ्दै गएको र शेयरधनीको मूल्य नष्ट हुँदै गएको स्पष्ट देखिन्छ।

MCHL Q4 Report 2081-82

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}