स्काईलाइन इन्फ्राले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन सेक्युरिटिज
पर्सा, भदौ १३ — स्काईलाईन इन्फ्रा लिमिटेडले आफ्नो साधारण सेयर (IPO) निष्कासन प्रक्रिया अघि बढाउने तयारीस्वरूप हिमालय सेक्युरिटिज बैंकर लिमिटेडसँग औपचारिक सम्झौता गरेको छ। उक्त सम्झौता वीरगञ्जमा भदौ १२ गते सम्पन्न भएको हो।
सम्झौतामा स्काईलाईन इन्फ्राको तर्फबाट संस्थापक तथा सञ्चालक राजेश अग्रवाल, सत्यनारायण केयल, सुभाष अग्रवाल, विनोद श्रेष्ठ, अध्यक्ष प्रतीक अग्रवाल, सञ्चालक आकृति अग्रवाल, सञ्चालक अंकुर भंगर अग्रवाल तथा प्रमुख वित्तीय अधिकृत सञ्जय रौनियारले हस्ताक्षर गरेका थिए। साथै, वडा नं. १० का अध्यक्ष सुशिल कुमार कानु, लेखापरीक्षक सिद्धान्त झुन्झुन्वाला र कानूनी सल्लाहकार कमलमोहन पोखरेलको उपस्थिति पनि रहेको थियो।
हिमालय सेक्युरिटिज बैंकर लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठ र नायब महाप्रबन्धक शंकर राजबाहकले सम्झौतामा हस्ताक्षर गरेका हुन्। नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकरको अनुमति प्राप्त यस संस्थाले मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
स्काईलाईन इन्फ्रा लिमिटेडले हाल सरोवर पोर्टिको ब्रान्ड अन्तर्गत चारतारे होटल सञ्चालन गरिरहेको छ। उक्त होटलमा बैंक्वेट हल, अन्तर्राष्ट्रिय स्तरको रेष्टुरेन्ट, स्विमिङ पूल, स्पा, क्यासिनो तथा क्युएफएक्स सिनेमा हलसमेत सञ्चालनमा छन्। कम्पनीले आगामी दिनमा सेयर निष्कासनमार्फत पूँजी संकलन गरी व्यवसाय विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.