सेबोनको चेतावनी: Pre-IPO नाममा शेयर खरिद–बिक्री गर्नु गैरकानुनी, लगानीकर्तालाई सतर्क रहन आग्रह

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल तथा SMS मार्फत Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर खरिद गर्न प्रलोभन देखाइ पैसा उठाउने गतिविधि भइरहेको गुनासो आएको भन्दै चेतावनी दिएको छ।

Artha Kendra Artha Kendra
सोमबार, ९ भदौ २०८२, ५:२१ PM
फन्ट
सेबोनको चेतावनी: Pre-IPO नाममा शेयर खरिद–बिक्री गर्नु गैरकानुनी, लगानीकर्तालाई सतर्क रहन आग्रह

काठमाडौं, भदौ ९। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय सामाजिक सञ्जाल (WhatsApp, Viber, Facebook Group), ईमेल तथा SMS मार्फत Pre-IPO नाम दिई सर्वसाधारणलाई शेयर खरिद गर्न प्रलोभन देखाइ पैसा उठाउने गतिविधि भइरहेको गुनासो आएको भन्दै चेतावनी दिएको छ।

बोर्डका अनुसार प्रचलित कानुनमा Pre-IPO सम्बन्धी कुनै व्यवस्था छैन। धितोपत्र ऐन, २०६३ को दफा २९ अनुसार कुनै पनि संगठित संस्थाले ५० भन्दा बढी व्यक्तिलाई शेयर बिक्री गर्न चाहेको खण्डमा अनिवार्य रुपमा सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था छ।

त्यसैले, सेबोनको अनुमति बिना “Pre-IPO” वा कुनै पनि नाममा शेयर बिक्री वा खरिदको प्रस्ताव अवैध र दण्डनीय हुन्छ।

बोर्डले सम्पूर्ण लगानीकर्तालाई यस्ता प्रलोभनपूर्ण गतिविधिमा नफस्न र अनधिकृत शेयर खरिद–बिक्रीमा संलग्न नहुन आग्रह गरेको छ। साथै, संलग्न हुनेलाई कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.