लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

आइतबार, ८ भदौ २०८२, ७:४३ PM
post-image

८ भदौ, काठमाडौं — राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई निष्क्रिय कर्जाको अनुपातका आधारमा अधिकतम २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको छ।

नयाँ निर्देशनअनुसार, निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम भएका संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश दिन सक्नेछन्। त्यस्तै, ५ देखि १० प्रतिशतबीच निष्क्रिय कर्जा भएका संस्थाले २० प्रतिशतसम्म र १० देखि १५ प्रतिशतबीच हुनेले १५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउनेछन्।

तर, निष्क्रिय कर्जा १५ प्रतिशतभन्दा बढी भएका लघुवित्तले लाभांश दिन नपाउने व्यवस्था गरिएको छ। साथै, नगद लाभांश प्रस्ताव गर्न पूँजीकोष अनुपात न्यूनतम ९ प्रतिशत कायम गर्नुपर्नेछ।

चुक्ता पूँजी तोकिएको सीमा पुरा नगरेका संस्थाहरूले कर प्रयोजनबाहेक नगद लाभांश दिन नपाउने भए पनि बोनस सेयर वितरण गर्न सक्नेछन्।

यसअघि १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गर्दा ५० प्रतिशत रकम साधारण जगेडा कोषमा र त्यसपछिको १५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था थियो। सोही कारणले लघुवित्तहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न सकेका थिएनन्।

नयाँ मौद्रिक नीतिको कार्यान्वयनसँगै राष्ट्र बैंकले लाभांश वितरण सम्बन्धी व्यवस्था परिमार्जन गरेको हो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}