लिपुलेक मुद्दामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छः गगन थापा

काठमाडौं, ५ भदौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबिच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै महामन्त्री थापाले चीन र भारत बिच हालै भएको लिपुलेक ब्यापार मार्गको सहमति अस्वीकार्य रहेको बताएका हुन ।
‘भारत र चीनबिच भएको भनिएको सहमति अस्वीकार्य छ,’ थापाले बिशेष सम्बोधनमा भने ।
चीन र भारत दुई छिमेकी देशले नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनु पनि आब्हान गरेका छन् ।
‘भारत र चीनबिचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ महामन्त्री थापाले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौँ भन्न सक्नुपर्छ ।’