दुई दिनको अन्तरालमा सुन प्रतितोला २८ सय रुपैयाँले घट्यो
काठमाडौं, ४ भदौ । नेपाली बजारमा सुन र चाँदीको मूल्य लगातार घट्दै गएको छ। दुई दिनको अन्तरालमा मात्र सुन प्रतितोला २८ सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार प्रतितोला १२ सय रुपैयाँले घटेको सुन बुधबार थप १६ सय रुपैयाँले घट्दै हालको मूल्यमा पुगेको हो।
यसअघि सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार १ लाख ९५ हजार १०० रुपैयाँमा झरेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। मंगलबार प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४५ रुपैयाँले घट्दै प्रतितोला २ हजार २५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.