विकास हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

मंगलबार, ३ भदौ २०८२, ५:४ PM
post-image

काठमाडौं, ३ भदौ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर भाद्र ३ गते मंगलबार औपचारिक रूपमा सूचीकृत भएको  छ। धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम गरिएको निर्णयअनुसार कम्पनीका ९० लाख ९१ हजार १३ कित्ता शेयर सूचीकरण गरिएको हो।

सूचीकृत शेयरमध्ये ४६ लाख ३६ हजार ४१७ कित्ता (५१%) संस्थापक समूहको४४ लाख ५४ हजार ५९६ कित्ता (४९%) सर्वसाधारणको रहेका छन्। यसअघि कम्पनीले प्रभु क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणमा आईपीओ निष्काशन गरेको थियो।

नेप्सेले विकास हाइड्रोपावरलाई BHCL ट्रेडिङ कोड प्रदान गरेको छ।  नेप्सेमा नयाँ कम्पनीको सेयर कारोबार सुरु गर्दा बुक भ्यालुलाई आधार मानेर ओपनिङ रेञ्ज निर्धारण गरिन्छ। बिकास हाइड्रोपावरको आर्थिक वर्ष २०८०/८१ को रिपोर्टअनुसार बुक भ्यालु प्रति सेयर रु. ९७.४३ रहेको छ।

त्यस अनुसार:

📊 सूचक 💵 मूल्य
न्यूनतम मूल्य रु. ९७.४३
अधिकतम मूल्य रु. २९२.२९ (बुक भ्यालुको ३ गुणा)

यसको आधारमा नेप्सेमा कारोबार सुरु हुँदा सेयर मूल्य रु. ९७.४३ देखि रु. २९२.२९ को बीचमा खुल्न सक्छ।

कम्पनीको पहिलो कारोबार भदौ ४ गते बुधबार बिहान स्पेशल प्रि-ओपन सेसन मार्फत हुनेछ भने त्यसपछि दोस्रो बजारमा नियमित कारोबार सुरु हुनेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}