घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३ भदौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भए पनि मंगलबार यसको मूल्य घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।