घट्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ३ भदौ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा मंगलबार छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको हो।
सोमबार सुन प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भए पनि मंगलबार यसको मूल्य घटेर १ लाख ९५ हजार १०० रुपैयाँमा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला २ हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १५ रुपैयाँले घटेर २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.