भदौ २ गते सुन ८०० रुपैयाँले र चाँदी ५ रुपैयाँले बढ्यो
काठमाण्डौ । सोमबार (भदौ २ गते) स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्लो दिन अर्थात आइतबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
गत आइतबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको थियो भने आज फेरि बढेको हो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
आजको बजारमा चाँदी प्रतितोला ५ रुपैयाँले बढ्दै २ हजार ३१५ रुपैयाँमा पुगेको छ, जुन अघिल्लो दिन २ हजार ३१० रुपैयाँ थियो।

Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.