दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

दरमखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, २९ श्रावण २०८२, १२:३९ PM
फन्ट
दरमखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं — दरमखोला हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहीबार गोलाप्रथाद्वारा बाँडफाँट गरिएको हो।

📊 सेयर प्राप्त गर्नेको संख्या

कम्पनीको आईपीओमा आवेदन दिने 2 लाख ४२ हजार ३१८ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। तीमध्ये पाँच जनाले थप एक कित्ता सेयर प्राप्त गर्दै ११ कित्ता पाएका छन्।

📋 आवेदन विवरण

दरमखोलाको आईपीओमा कुल २२ लाख ९६ हजार ४६५ आवेदन परेकोमा २२ लाख ८३ हजार २२६ आवेदन सदर भएका छन्। १३ हजार २३९ जनाको आवेदन भने विभिन्न कारणले बदर भएको हो।

How to check IPO Results of Daramkhola Hydro?

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.