रूसले अहिलेसम्म गरयो युक्रेनको १९ प्रतिशत भुभाग कब्जा
मस्को, २९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीचको युद्ध अन्त्यका लागि ठूलो बयान दिएका छन् ।
उनले दुवै देशले आ–आफ्नो भूमिको केही अंश त्याग गर्नुपर्ने बताएका छन् । उसो भए जानौं, रुसले युक्रेनको कति भू–भाग कब्जा गरेको छ त ?
रुसले युक्रेनको करिब १९ प्रतिशत अर्थात् करिब १ लाख १४ हजार ५०० वर्ग किलोमिटर भूभाग ओगटेको छ। यसमा क्राइमिया, पूर्वी र दक्षिण–पूर्वी क्षेत्रहरू समावेश छन्।
युक्रेनले रुसलाई आफ्नो एक इन्च जमिन नदिने बताउँदै युक्रेनले रुसको यो कब्जालाई कदापि स्वीकार नगर्ने स्पष्ट पारेको छ । धेरै देशहरूले युक्रेनको १९९१ सीमाना मात्र मान्यता दिन्छन्।
सन २०१४ मा रूसले काला सागरको किनारमा रहेको २७ हजार वर्ग किलोमिटर क्षेत्र क्रिमियालाई आफ्नो कब्जामा राखेको छ । विवादित जनमत संग्रहपछि रुसले यसलाई गाभेको हो । रुसले अहिले क्रिमिया आफ्नो हिस्सा भएको बताउँदै आएको छ तर युक्रेनले यसलाई आफ्नो ठानेको छ।
केही युक्रेनी अधिकारीहरूले क्रिमियालाई फिर्ता लिन सजिलो नहुने विश्वास गर्छन् किनभने १८औं शताब्दीमा रूसकी महारानी क्याथरिनले क्राइमियालाई रूसी साम्राज्यमा समावेश गरेकी थिइन्। तर, १९५४ मा सोभियत नेता ख्रुश्चेभले यसलाई युक्रेनलाई हस्तान्तरण गरेका थिए ।
रुसले डोनबासको ८८ प्रतिशत अर्थात् ४६,५७० वर्ग किलोमिटर ओगटेको छ। यसमा सम्पूर्ण लुहान्स्क र डोनेट्स्कको ७५ प्रतिशत समावेश छ। युक्रेनको नियन्त्रणमा ६ हजार ६ सय वर्ग किलोमिटर मात्र बाँकी छ । रुस समर्थित पृथकतावादीहरूले सन् २०१४ मा यी क्षेत्रहरूलाई ‘स्वतन्त्र गणतन्त्र’ घोषणा गरेका थिए । त्यसपछि सन २०२२ मा पुटिनले युक्रेन माथी आक्रमण सुरू गरे। रसियाले अब डोनेट्स्कका बाँकी सहरहरू कब्जा गर्ने प्रयास गरिरहेको छ।
रुसले खार्किभ, सुमी, माइकोलाइभ र निप्रोपेट्रोभस्कको सानो भाग पनि कब्जा गरिसकेको छ। सुमी र खार्किभमा यसको कब्जा लगभग ४०० वर्ग किलोमिटर छ। रुसले आफ्नो कुर्स्क क्षेत्र सुरक्षित रहन सुमीमा बफर जोन सिर्जना गरिरहेको बताएको छ ।
रुसले जापोरिजिया र खेरसनको ७४ प्रतिशत अर्थात् ४१ हजार १७६ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ। युक्रेनसँग १४ हजार ५०० वर्ग किलोमिटर जमिन बाँकी छ। २०२४ मा पुटिनले भनेका थिए कि यदि युक्रेन ती क्षेत्रहरूबाट पछि हट्यो भने यदि रुसले गरेको दाबीलाई त्यागेर नाटोमा सामेल हुन वाटो त्यागे भने उनी शान्ति सम्झौताका लागि तयार छन्। रुसले युक्रेनले तटस्थ रहनुपर्ने र आफ्नो सेनालाई सीमित गर्नुपर्ने बताएको छ।
रुसले क्राइमिया, डोनेस्क, लुहान्स्क, जापोरिझिया र खेरसनलाई आफ्नो भाग मानेको छ भने युक्रेनले त्यसलाई आफ्नो भूमि भन्छ। संयुक्त राष्ट्रसंघले सन् २०१४ मा क्राइमियालाई रुससँग गाभ्नु गैरकानुनी घोषणा गरेको थियो । सिरिया, उत्तर कोरिया र निकारागुआजस्ता केही देशले मात्र क्रिमियालाई रुसको हिस्सा मान्छन्। पुटिनले कोसोभोको स्वतन्त्रतालाई उद्धृत गर्दै पश्चिमी देशहरूले दोहोरो मनोवृत्ति अपनाएको आरोप लगाएका थिए।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.