पहिलो दिनमै ६ गुणाले ओभरसब्सक्राइब भयो माबिलुङ इनर्जीको आईपीओ, कति जनाले दिए आवेदन?

सोमबार, २६ श्रावण २०८२, ५:१२ PM
post-image

काठमाडौं, साउन २७ — माबिलुङ इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको १२ लाख ४८ हजार ९०४ कित्ता साधारण शेयरको आईपीओ पहिलो दिनमै अत्यधिक मागसहित ओभरसब्सक्राइब भएको छ। कम्पनीको आईपीओमा पहिलो दिनमै ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका छन्। ती आवेदकहरूले जम्मा ७५ लाख २७ हजार ५२० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जसको कुल रकम रु ७५ करोड २७ लाख ५२ हजार पुगेको छ। यसले देखाउँछ कि माबिलुङ इनर्जीको आईपीओ ६.०३ गुणाले ओभरसब्सक्राइब भएको हो।

यति धेरै आवेदन परेपछि न्यूनतम १० कित्ता शेयर प्राप्त गर्ने सम्भावना मात्र १९.४५ प्रतिशत रहेको छ। अर्थात्, १ लाख २४ हजार ८९० जनाले मात्र शेयर प्राप्त गर्ने सम्भावना छ भने बाँकी ५ लाख १७ हजारभन्दा बढी आवेदक खाली हात हुनेछन्।

For more details click here => Mabilung Energy Limited IPO Details

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}