सुनको मूल्य तोलमा ११ सयले घट्यो
काठमाडौं, २६ साउन । नेपाली बजारमा सोमबार (साउन २६) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर १ लाख ९८ हजार १०० रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन आइतबार यसको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिँदै २ हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३० रुपैयाँमा थियो।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.