सुनको मूल्य तोलमा ११ सयले घट्यो

काठमाडौं, २६ साउन । नेपाली बजारमा सोमबार (साउन २६) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेर १ लाख ९८ हजार १०० रुपैयाँमा झरेको छ। अघिल्लो कारोबार दिन आइतबार यसको मूल्य प्रतितोला १ लाख ९९ हजार २०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले सस्तिँदै २ हजार ३१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार ३३० रुपैयाँमा थियो।