नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको भनाइ : सोलर र ब्याट्रीले डिमाण्ड धान्न सके हाइड्रो आवश्यक छैन

राजधानीमा आयोजित एक कार्यक्रमको दौरान उनले राति र दिउँसोको विद्युत आवश्यकतामा सोलर र ब्याट्रीले सहायता पुर्‍याउन सके जलविद्युतको बाध्यता हट्न सक्ने संकेत गरे।

Artha Kendra Artha Kendra
मंगलबार, २० श्रावण २०८२, १:३४ PM
फन्ट
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको भनाइ : सोलर र ब्याट्रीले डिमाण्ड धान्न सके हाइड्रो आवश्यक छैन

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोलर र ब्याट्री प्रविधिले विद्युतको माग पूरा गर्नसक्ने अवस्था आएमा हाइड्रो परियोजनामा निर्भर रहनु नपर्ने धारणा व्यक्त गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमको दौरान उनले राति र दिउँसोको विद्युत आवश्यकतामा सोलर र ब्याट्रीले सहायता पुर्‍याउन सके जलविद्युतको बाध्यता हट्न सक्ने संकेत गरे।

उनले भने, “हामीलाई इनर्जी स्रोत कहाँबाट आयो भन्ने होइन, यदि सोलर र ब्याट्रीले दिउँसो र साँझको माग पूर्ति गर्छ भने हाइड्रोको पछाडि लाग्नुपर्ने तर्क रहँदैन।” उनका अनुसार अहिले औद्योगिक क्षेत्रमा रातिको डिमाण्ड न्यून रहेको छ भने समग्र खपत पनि कम देखिएको छ।

शाक्यले सिँचाइ हुने क्षेत्रहरूमा चोरीको समस्या रहँदै आएको उल्लेख गर्दै त्यहाँ सोलर पम्प तथा मिटर प्रणाली लागू गर्नुपर्ने आवश्यकता औंल्याए। भारतको अनुभवलाई उद्धृत गर्दै उनले यस्तो उपायले चोरी न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे। खासगरी तराई तथा पहाडी क्षेत्रका सिँचाइ प्रणालीमा सोलर संलग्न गरिनुपर्ने उनले बताए।

यस्तै, कार्यकारी निर्देशकले पालिकाहरूलाई सोलर बत्ती जडान गरेर आफैं विद्युत उत्पादन गर्न प्रोत्साहन गर्दै प्राधिकरण त्यस बिजुलीलाई खरिद गर्न तयार हुने बताए। वर्तमान अवस्थामा धेरै पालिकाहरूले सडक पोलमा प्राधिकरणले राखिदिएको बत्तीको विद्युत महसुल तिर्ने बर्खास्ती देखिएको उल्लेख गर्दै नगरहरूको बजेटमा वक्यौताको व्यवस्थापन नभएको आरोप लगाए।

सोलर ऊर्जा प्रणालीलाई प्रशारण लाइनको नजिक राखेर तथा त्यस्तो लाइनभित्र पर्ने जग्गाको सदुपयोग गरी पाइलट प्रोजेक्ट खिम्तिमा सुरुआत भइसकेको जानकारी उनले दिए।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.