सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढ्यो

मंगलबार, २१ श्रावण २०८२, ११:३० AM
post-image

काठमाडौं, २० साउन । नेपाली बजारमा सुनको मूल्य मंगलबार तोलामा १९ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार  सुन एक लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार  चाँदी २ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}