कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने, कसरी हेर्ने नतिजा?

कक्षा १२ को परीक्षाफल आज (सोमबार) साँझ ५ बजे सार्वजनिक हुने भएको छ।

Artha Kendra Artha Kendra
सोमबार, १९ श्रावण २०८२, ३:३९ PM
फन्ट
कक्षा १२ को नतिजा आज साँझ सार्वजनिक हुने, कसरी हेर्ने नतिजा?

१९ साउन, काठमाडौं । कक्षा १२ को परीक्षाफल आज (सोमबार) साँझ ५ बजे सार्वजनिक हुने भएको छ। नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आजै साँझ बस्ने तयारी छ।

यसअघि १५ साउनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको थियो। तर, शिक्षकहरूको आन्दोलनका कारण परीक्षा ढिला भएको र नतिजा प्रकाशनमा पनि ढिलाइ भएको हो। गत ११ वैशाखमा हुनुपर्ने परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि सञ्चालन गरिएको थियो। परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।

कसरी हेर्ने नतिजा?

परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np, नेपाल टेलिकमको www.neb.ntc.net.np, तथा एसएमएसमार्फत पनि हेर्न सकिन्छ। नतिजा एसएमएसबाट हेर्न NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर लेखी १६०० वा १६०१ मा पठाउन सकिने छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.