दरमखोला हाईड्रो इनर्जीको आईपीओ आवेदन आज अन्तिम दिन
काठमाडौँ, श्रावण १९ — दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने समय आज समाप्त हुँदैछ। साउन १५ गतेदेखि खुल्ला गरिएको यो आईपीओमा २९ लाख १९ हजार ५ सय कित्ता सेयर समेटिएको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कुल जारी पूँजीको १०/१० प्रतिशत शेयर आरक्षित गरी निष्कासन गरिसकेको थियो। अब सर्वसाधारणका लागि जारी गरिएको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता आवेदन गर्न सकिनेछ।
नेपाल धितोपत्र बोर्डबाट गत जेठ २० गते स्वीकृति पाएपछि दरमखोला हाईड्रोले प्रति सेयर १०० रुपैयाँ अंकित दरमा ३९ लाख ५० हजार कित्ता साधारण शेयर जारी गरिरहेको हो, जसको कुल मूल्य ३९ करोड ५० लाख रुपैयाँ रहेको छ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त ‘आस्बा’ सदस्य बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरोसेयर प्रणाली प्रयोग गरी अनलाइनबाट पनि आवेदन प्रक्रिया पूरा गर्न सकिन्छ,आज बेलुका ५ बजेभित्र आवेदन दिन सकिनेछ।
हालसम्म प्राप्त तथ्याङ्क अनुसार, यो आईपीओमा १७ लाख ७२ हजार २७८ भन्दा बढी आवेदकले सहभागी भइसकेका छन्। तिनीहरुले २ करोड १३ लाख ७७ हजार १ सय ४० कित्ता शेयरका लागि आवेदन दिएका छन्, जुन जारिको तुलनामा झण्डै ८.८२ गुणा बढी हो।
यो अनुपात हेर्दा अधिकांश आवेदकलाई सेयर प्राप्त हुने सम्भावना न्यून छ। उपलब्ध तथ्य अनुसार, करिब १३.६७ प्रतिशत आवेदकले मात्र न्यूनतम १० कित्ता शेयर प्राप्त गर्नेछन् भने बाँकी १५ लाखभन्दा बढी आवेदकहरू खाली हात पर्ने सम्भावना रहेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.