३४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार, १९ श्रावण २०८२, १:६ PM
post-image

काठमाडौं, १८ साउन । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ३४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ९३ हजार १०० रुपौयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी २ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो । 

आज दश ग्राम सुनको मूल्य एक लाख ६८ हजार ४७० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार ९ सय २९ रुपैयाँ रहेको छ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}