प्रधानमन्त्रीले भने, 'अब सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्दछाैं'

प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ श्रावण २०८२, ६:२५ PM
फन्ट
प्रधानमन्त्रीले भने, 'अब सूर्यविनायकमा ठुलो रंगशाला निर्माण गर्दछाैं'

काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको शुभारम्भ गरेका छन ।

अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गरेका हुन ।

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रंगशाला निर्माणको घोषणासमेत गरेका छन् ।

यो कार्यक्रम एन्फाको समन्वयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा कार्यान्वयन हुँदैछ।

देशभरका ७७ वटै जिल्लाका १,०७२ विद्यालयहरूमा ३२,६४० वटा फुटबल वितरण गरिने योजना रहेको यस कार्यक्रमले विद्यालय शिक्षामा फुटबल समावेश गरी विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। 
 

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.