नेपाल पुनर्बीमाले पूँजी वृद्धि गर्न १०० प्रतिशत हकप्रद जारी गर्ने

बिहिबार, १५ श्रावण २०८२, १२:१५ PM
post-image

काठमाडौं, साउन १५ । नेपाल पुनर्बीमा कम्पनीले नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजीको लक्ष्य पुरा गर्न शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ। कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त प्रस्ताव नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति लिई आगामी साधारण सभामा प्रस्तुत गर्ने निर्णय गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ। बीमा प्राधिकरणले २०८२ माघ मसान्तभित्र पूँजी २६ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउन निर्देशन दिएको छ। कम्पनीले नियामकको निर्देशनअनुसार पूँजी वृद्धि गर्नुका साथै व्यवसाय विस्तार र अन्तर्राष्ट्रिय बजारमा उपस्थिति सुदृढ बनाउने दीर्घकालीन लक्ष्यसहित हालका सेयरधनीहरूलाई शतप्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो।

यस प्रयोजनका लागि कम्पनीले कम्पनी ऐन २०६३ को दफा ५६(१) र दफा ८३(क) बमोजिम विशेष प्रस्ताव तयार पार्ने र सो प्रस्तावलाई आगामी साधारण सभाबाट अनुमोदन गराउने निर्णय गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}