सुनको मूल्यमा ८०० रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज कारोबार?

आज बिहीबार स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।

Artha Kendra Artha Kendra
बिहिबार, १५ श्रावण २०८२, ११:२४ AM
फन्ट
सुनको मूल्यमा ८०० रुपैयाँको गिरावट, कतिमा हुँदैछ आज कारोबार?

काठमाडौं, श्रावण १५ – आज बिहीबार स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आजको दरअनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा ८०० रुपैयाँले कम हो।

बुधबारको कारोबारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ रहेको थियो। आजको गिरावटसँगै लगानीकर्ता र उपभोक्तालाई केही राहत मिलेको देखिन्छ।

चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार तोलाको दर २ हजार ३१० रुपैयाँ रहेकोमा आज ४० रुपैयाँ घटेर २ हजार २७० रुपैयाँ कायम गरिएको छ।

महासंघको जानकारीअनुसार मूल्य घट्नुको पछाडि अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय आपूर्ति तथा मागको सन्तुलनले भूमिका खेलेको छ।

For More Details on Gold SIlver Rate click here

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.