बाफिया विधेयक पारित भए उद्योग धन्दा ठप्प हुने खतरा : अध्यक्ष ढकालको चेतावनी
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) संशोधन सम्बन्धी प्रस्ताव जस्ताको तस्तै पारित भएमा निजी क्षेत्रको उद्योगधन्दा बन्द हुन सक्ने गम्भीर चेतावनी दिएका छन्।
नेपाली कांग्रेसको वित्तीय संस्था समन्वय विभागद्वारा आयोजित ‘देशको वित्तीय तथा मौद्रिक स्थिति’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले प्रस्तावित विधेयकमा बैंक र उद्योगीलाई छुट्याउने परिभाषा पुनर्लेखन आवश्यक रहेको धारणा व्यक्त गरे। उनले भने, “यदि प्रस्ताव जस्ताको तस्तै पारित भयो भने आर्थिक गतिविधि ठप्प हुने जोखिम बढ्नेछ।”
अध्यक्ष ढकालले भने– ‘व्यवसायी र बैंकर छुट्याउने भन्ने जुन विषय छ । यसले अर्थतन्त्रमा समस्या पार्नसक्छ । एकातिर प्रमोटरलाई उत्तरदायी बनाउने भन्दै ५१ प्रतिशत शेयर संस्थापकलाई दिने भनिएको छ । यसबाहेक, सम्बद्ध पक्ष भनेर परिभाषित गरिएको छ । यो व्यवस्थाअनुसार १ प्रतिशतभन्दा बढी शेयर भएका लगानीकर्ताले कर्जा लिन नपाउने हो भने सबैजसो उद्योगधन्दा व्यवसाय बन्द हुने जोखिम छन् ।’

उनले निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहकको रूपमा मान्यता दिइएको बजेटका नीति, उच्चस्तरीय आर्थिक आयोगको गठन र सुझाव अनुसार कानुनी संशोधन जस्ता कदम सकारात्मक रहेको उल्लेख गरे। “देशको आर्थिक समृद्धिका लागि आन्तरिक तथा वाह्य पूँजी परिचालन अपरिहार्य छ,” ढकालले भने।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.